विष्णु माझीसंगै काम गरेकी गायिका चन्दा अर्यालले खोलिन्,वास्तविकता (भिडियो हेर्नुहोस्)

समाचार

जबजब गायिका विष्णु माझीको गीत बजारमा हीट हुन्छन् तब तब उनको खोजी पनि त्यत्तिकै छ्याप छ्याप्ती हुने गर्दछ।उनलाई देख्ने मान्छे मध्ये केही भाग्यमानी भित्र पर्ने गायिका चन्दा अर्याल पनि हुन्।उनले केही वर्ष अघिसम्म विष्णु माझी सङ्गै बसेर काम गरेकी पनि थिइन्।अहिले विष्णु माझीको स्वर सुन्नेश्रोताहरू बिष्णु माझीलाई बाहिर मिडियामा ल्याउनुपर्ने भन्दै उनको खोजी तीव्र पारेका छन्।

नेपाली लोक गीतको क्षेत्रमा निकै नै परिचित नाम हो विष्णु माझी।उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्।पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्।

विष्णु माझीले आफ्नो करियर नै गीतमा बिताएकी भएतापनी उनी आज बत्ती मुनीको अध्याँरोमा छिन्।धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिकाटिप्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन्।उनको सम्पूर्ण गीत सम्बन्धि कन्ट्र्या क्ट,पेमेन्ट डिल लगायत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आएका छन्।

सुन्दर मणीले उनलाई दोश्रो विवाह गरेर उनको श्रम शोषण समेत गरि बन्धकमा राखेको भनेर कतिपय हल्लाहरू पनि आ रुपमा आइरहेका छन्।उनको खोजी गर्न भनेर बेलाबेलामा आवाज पनि नउठेका भने होइनन्।तर उनी कहाँ छिन्,कुन अवस्थामा छिन् भन्ने बारे अझैसम्म पनि अन्योल नै छ।प्रत्येक वर्ष बिशेषगरि तीजमा हीट गीत निकाल्ने गरेकी छिन्।

उनले गाएका गीतहरू धेरै जसो आम नेपालीहरूको मनमुटुमा बस्न सफल भएका छन्।तर उनको गीतमा एउटा मात्रै फोटो छ त्यो पनि निकै पूरानो फोटो।यसरी आफ्नो जिन्दगी नै लोकगीत गायनमा समर्पण गरेकी विष्णु माझी किन पर्दा पछाडि जस्तो छायामा छिन् त ? आज सबैले उनको खोजी गरिरहेका छन्।भर्खरै मात्रै पनि उनले गाएको तीज गीत चरी जेलैमा भन्ने गीत हप्ता दिनमा ६० लाखले हेरिसकेका छन्।सोही गीतको भिडियो यहाँ तल प्रश्तुत गरिएको छ,(भिडियो हेर्नुहोला)