धनुषामा बो*क्सी भन्दै वृद्ध महिलालाई गाउलेले कु*टपि*ट गर्दै गरे गाउँ निकाला (भिडियो हेर्नुस)

समाचार

हाम्रो समाजमा अझै पनि भु’त प्रे’त, बो’क्सी जस्ता अन्ध बिस्वास कायम नै रहेको पाइन्छ । कुनै आधार, तत्थ्य बिनाको यस्तो अन्धबिस्वासबाट गाउँ समाजका सोझा, कमजोर तहका मानिहरु निसानामा पर्दै आएका छन । उनिहरु न त त्यसको लागि डटेर लड्न सक्छन, न त उनिहरुले न्याय नै पाउने गरेका छन । यस्तै घटना अहिले फेरि धनुषामा भएको छ । जहाँ एक वृद्ध महिलालाइ बोक्सीको आरोप लगाउदै गाउलेले गाउँ निकाला गरेका छन

धनुषाको मिथिला नगरपालिका -3 कि साइली मगर्नी नाम बताउने ती वृद्ध महिलालाइ बो’क्सिको आ’रोप लगाइ गाउँलेले कु’टपि’ट गरि लखेटेका छन । फलफूल तथा अन्य बाली सबै कुहिएर जाने गरेपछी स्थानीय हरुले आफुलाइ बो’क्सी भन्दै गाउँबाट लखेटेको उनले बताइन । उक्त गाउको नाम कटेरो गाउँ भएको उनले बताइन । उनलाइ अहिले मिथिला नगरपालिका स्थित श्री शुभ मिथिला होटलका संचालकले बिगत सात महिनादेखी खान बस्न दिई रहेको होटल संचालकले बताए ।

आफ्नो दुई छोरा र चार छोरी भएको उनले बताइन । तर आफ्ना दुश्मनीहरुले आफ्नो छोराछोरीहरुसगँ भेट्न नदिबे गरेको उनले बताएकी छिन । छोराछोरी खोज्दै आए आफू सगै जाने उनी बताउछिन । आफु उता एक्लै जान नसक्ने भएको र छोराछोरीलाई पनि आउन दुश्मनीहरुले नदिएको उनी बताउछिन । उनका श्रीमानले अर्कि ल्याए पछि आफुले छोडिदिएको उनी बताउछिन । अहिले उनको श्रीमानको मृत्यु भै सकेको बताइन ।

तर उनलाइ खान बस्न दिइरहेका होटल संचालकको भनाइ भने अलिक फरक छ । ती वृद्ध महिलालाइ उनका छोराछोरी लिन आएको तर पनि जान नमानेको आफुले सुनेको ती संचालकले बताए । सुरुमा त्यही प्रतीक्षालयमा बसेको देखे पछि आफुले खान दिएको उनी बताउछन । पछि बुझ्दै जादा उनले छोराछोरी लिन आए पनि जान नमानेको आफुले सुनेको बताए । आफुले पनि उनलाइ सोधपुछ गर्दा लिन न आएको बताएको उनले उनाए ।

अन्य ब्यक्तिबाटै बोक्सिको आरोपमा ती महिलालाइ गाउँ निकाला गरेको आफुले पनि सुनेको उनले बताएका छन । स्पष्ट ठेगाना, नाम थाहा नभएकोले आफुले प्रशासन मा खबर नगरेको बताएका छन । उनलाइ खान बस्न दिएकोले पनि आफुले कतै खबर गर्ने कुनै आधार नभएको ले प्रशासनमा जानकारी नगराएको बताए । छोराछोरी लिन आए आफू जाने ती महिला बताउछिन । जसरी भए पनि लिन आउन उनले छोराछोरीलाई अनुरोध गरेकी छिन । ( भिडियो हेर्नुस )