आजीवन नेपाली संगीतमा नेपाली भएर बाँच्नेछु भन्दै, अमेरिका उडे किरण(भिडियो हेर्नुहोस्)

समाचार

भ्वाइस अफ नेपालका यश सिजनको उपाधि बिजेता किरण गजमेर अमेरिका गएका छन । उनको अमेरिका उड्नु भन्दा अगाडि बिदाइ कार्यक्रम रखिएको थियो । उनको बिदाईका साथै सम्मान कार्यक्रम पनि राखिएको थियो । जसमा अभिनेता नीर शाह पनि उपस्थित थिए । भुटानी शणनार्थी को रुपमा नेपाल बसेका किरण गजमेर केही वर्ष अघिदेखि अमेरिका बस्दै आएका थिए । अमेरिकाले भुटानी शरणार्थीहरुलाई रोजगारी दिनका लागि भिजा दिन थाकेपछी उनी त्यही अनुरुप अमेरिका बस्दै आएका थिए ।

किरणका परिवार अहिले अमेरिका बस्दै आएका छन । उनी अहिले परिवालाई भेट्न अमेरिका जान लागेका हुन । बिदाई कार्यक्रममा अभिनेता नीर शाह सहित विभिन्न गित सङ्गितका कलाकर्मिहरुको उपस्तिथि थियो । किरण गजमेरको अहिले गित पनि बजारमा आइ सकेको छ । किरणले नीर साह सगँ पनि काम गरेको नीर शाहले कार्यक्रममा बताए । नीर शाह सहित किरण गजमेर लगायतले आफ्नो मन्तव्य राखेका थिए

कार्यक्रममा नीर शाहले किरणलाई महानायक भन्दै सम्बोधन गरेका थिए । भ्वाइस अफ नेपालले देशका विभिन्न ठाउँमा भएका यस्ता थुप्रै प्रतिभाहरु खोजेर बाहिर ल्याएकोमा नीर शाहले भ्वाइस अफ नेपाललाई धन्यवाद दिए । साथै उनले किरण गजमेरलाई पनि बधाई दिदै प्रगतिको कामना गरेका छन । भ्वाइस अफ नेपाल सकिएको महिना दिन नबित्दै किरण गजमेरले आफ्नै स्वरमा म्युजिक भिडियो पनि निकालेका छन ।

बिदाई कार्यक्रममा बोल्दै किरण गजमेरले आफू शरणार्थी भएर बचे पनि आफ्ना सन्तान भने नेपाली नै भएर बाच्ने इच्छा भएको बताएका छन । आफुले यति ठूलो सम्मान पाउँदा आफू भन्दा ठूलो संसारमा अरु कोहि भाग्यमानी नभए जस्तो लागेको किरणले बताए । आफुले आफ्नो देश छोडेर शणनार्थी रुपमा बस्दा यहि ठाउमा यति ठूलो सम्मान पाउछु जस्तो कहिल्यै नसोचेको उनले बताए ।

भ्वाइस अफ नेपालको मंचबाट आफू सम्पुर्ण नेपाली र नेपाली भाषी माझा आफुलाइ पुर्याइदिएकोमा भ्वाइस अफ नेपालले आफुलाइ नयाँ जन्म दिएको जस्तो अनुभव भएको भन्दै उनले भ्वाइस अफ नेपाल प्रती आफू सधै आभार भएको पनि किरणले बताएका छन । अब जिन्दगी आफ्नो जिम्मेवारि अझ धेरै थपिएको उनले बताए । आफू अब गित सङ्गितबाट टाढा नरहने र जुन उपाधीले आफुलाइ चिनायो त्यसको महत्व र त्यसको साख कसरी जोगाइराख्ने भन्ने आफुलाइ चुनौती थपिएको उनले बताएका छन । आफू आफू त्यो चुनौतीको डटेर सामना गर्ने बताएका छन । (भिडियो हेर्नुस)