बिहे पछि आफ्नै बाबुले पनि भेट्न पाएका छैनन बिष्णु माझीलाई, पुण्य गौतमले गरे फोन(भिडियो हेर्नुस)

समाचार

एक समय लोक तथा दोहोरी गीतमा तहल्का मच्चाउन सफल गायिका हुन बिष्णु माझी । उनका थुप्रै गीतहरु अझै पनि हाम्रो ओठमा झुन्डिरहेका छन । अझै पनि उनका नयाँ नयाँ गीतहरु कहिले काहीँ आउने गरेका छन । उनका जति पनि गीतहरु आउछन तिनले राम्रो चर्चा पाउने गरेको छ । जति चर्चा उनको गीतको हुन्छ अहिले उनी कहाँ छिन, कुन अवस्था छिन, किन बाहिर देखिदैनन भन्ने कुराको उतिनै चर्चा छ ।

सम्पुर्ण दर्शक, श्रोतले अहिले उनको बारेमा जान्न चाहिरहेका छन । तर उनको बारेमा भने केही बाहिर आउन सकेको छैन । भर्खरै उनको तिज गीत `चरी जेलैमा´ भन्ने गीत बाहिर आएको छ, जुन अत्याधिक श्रोतले रुचाएका छन । बिष्णु माझीकै श्रीमान सुन्दरमणी अधिकारिको सब्दमा रहेको उक्त गीत बाहिर आए पछि भने कतै बिष्णु माझिकै जीवनकै कथा त होइन भन्ने प्रश्न गर्न थालेका छन । यस्तै प्रश्न पुण्य गौतमले पनि गरेका छन ।

अहिले उनको कालो कपडाले अनुहार छोपेर गीत रेकर्ड गर्दै गरेको फोटो पनि बाहिर आएको छ । उनलाइ भौतिक सुख भए ता पनि मनमा खुशी नभएको हुन सक्ने पुन्य गौतम बताउछन । बनको चरिलाइ सुनकै पिजडामा मीठो मीठो खान दिएर राखे पनि उसलाइ बाहिरी स्वतन्त्रता नै मन पर्ने हुनाले माझीको अवस्था पनि कतै त्यस्तै छैन ? भन्दै प्रश्न गरेका छन ।

बिष्णु माझिलाइ श्रोतामाझ चिनाउन सुन्दरमणी अधिकारीले धेरै मेहेनत गरेकै भएता पनि उनलाइ त्यसरी जेल जस्तो जिन्दगी कटाउन बाध्य पार्न नहुने उनले पुन्य गौतमले बताए । उनले सुन्दरमणीलाई त्यसो गरेको भए तत्काल त्यस्तो कार्य रोक्न आग्रह पनि गरे । सम्पुर्ण नेपालीहरुले माझीलाई खोजिरहेकोले उनलाइ बाहिर ल्याएर स्वतन्त्र रुपमा कुनै कार्यक्रम लगायत ठाउमा आफ्नो प्रतिभा देखाउन दिनु पर्ने उनको माग छ

घर बाट गए देखि आफुले आफ्नी छोरी देख्न अहिले सम्म नपाएको बिष्णु माझीका बाबुले बताएका छन । उनका गीतहरु थुप्रै चर्चामा भएको सुने पनि अहिले सम्म गीतमा बाहेक कतै बोली पनि सुन्न नपाएको ती बाबुले बताएका छन । आफ्नो छोरीको गीत भनेर उस्को स्वर त्यहा बाहेक कहि सुन्न नपाएको उनले बताए । कहाँ छिन, के गर्दै छिन, कस्तो अवस्था मा छिन त्यो केही आफुलाई थाहा नभएको उनका बाबुले बताएका छन । बिष्णु माझिको गीत रेकर्ड इत्यादिको बन्दोबस्त भने सम्पुर्ण सुन्दरमणीले नै गर्दै आएका छन । सुन्दरमणि सगै सम्पुर्ण कुरा फिक्स भए पछि बिष्णु माझी अनुहार ढाक्ने कपडा लगाइ स्टुडियो आएर गीत रेकर्ड गराइ जाने गरेको जानकार हरु बताउछन । (भिडियो हेर्नुस)