दुनियाँ हँसाउने कमेडी च्याम्पियन खबपुलाई यस्तो के भयो ?(भिडियो हेर्नुहोस्)

समाचार

कमेडी च्याम्पियन खबपु आफ्नो फेसबुक मार्फत लाइभमा आएका छन्।उनी सवारी दुर्घटनामा परेर अनुहार भरी चोट लिएर आएका छन्।उनी घाइते भएको तस्वीर सामाजिक संजाल मार्फत भाइरल भएपछि उनलाई धेरैले फेसबुक, म्यासेज,फोनमा लगायत विभिन्न माध्यमबाट उनका आफन्त,साथीभाइ र शुभचिन्तकहरूले कल गरेपछि धेरैको जिज्ञासा मेटाउनको लागि आफू लाइभमा आएको उनले बताएका छन्।

राती आठ बजेतिर उनी बाइकमा दिदीलाई झोरमा पुर्‍याउन जाँदा ट्रीपरले हर्न बजाइरहेको थियो र त्यसबेला बाटो साँघुरो भएर आफ्नो तरिकाले भित्रबाट छिर्न खोज्दा उनी बालुवा र हिलोमा चिप्लिएर लडेका थिए।उनको अनुहारमा चो’ट समेत लागेको छ।उनले टीटी सुई र औषधि उपचार पनि गरिसकेका छन्।

उनलाई धेरैले शीघ्र स्वास्थ्य लाभको कामना भन्दै उनको पूर्ण स्वास्थ्य लाभको लागि प्राथना समेत गरेका छन्।उनले खबर सुनेर फोन गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो तत्कालीन अवस्थाबारे जानकारी समेत गराएका छन्।उनलाई प्रत्यक्ष रुपमा फोन गर्ने,म्यासेज गर्नेहरूलाई समेत उनले लाइभ मार्फत जवाफ दिएका छन्।

केही दिन स्वास्थ्य लाभको लागि उनले आराम गर्नुपर्ने भएको पनि बताएका छन्।हामी सबैले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौं र चाँडै नै सामान्य अबस्थामा फर्कनुहुनेछ र हामी सबैको ढुक ढुकीमा बसेर हाँस्न अनि हसाउँन योगदान गर्नुहुनेछ भन्दै उहाँको स्वास्थ्य लाभको कामना गर्न चाहन्छौं। (भिडियो हेर्नुहोस्)