ब्ल’ड क्या’न्सर सम्म भयो भन्दै श्रीमतीलाई ढाँटेर बिहे गरे श्रीमानले(भिडियो हेर्नुहोस्)

समाचार

अर्घाखाँची जिल्ला शीतगंगा गाउँपालिका वडा नं.१२ कि गीता बिक कपुरबोट टीभीका पत्रकार सन्तोष देउजालाई भेट्न भनी आइन्।उनको श्रीमान कृष्ण बिकले २०७३ सालमा आफू बाहिर कमाउन जानुपर्ने भएकाले श्रीमती र छोरालाई माइत गएर छोरा पढाउन सल्लाह गरेर पठाएका थिए।उनी इण्डियाको एउटा होटलमा काम गर्न गएका थिए तर त्यहाँबाट उनी पाँच महीनामा अगाडिको दाँत फुकालेर फर्किए।

उनले श्रीमतीलाई आफू इण्डियामा काम गर्न जाँदा गाडी दु’र्घट’ना गराएको र मान्छे समेत मा’रे’को बताएका थिए।तर बिचरा त्यी निर्दोष श्रीमतीले होल भनेर पत्याइन् पनि।तर उनको श्रीमान कृष्णले त्यतिबेलासम्म बिहे गरिसकेका थिए।उनले सँगै काम गर्नेको बुढी भगाएर आएका रहेछन् तर यो कुरा श्रीमती गीतालाई कसैले पनि भनेनन्।त्यसपछि उनीहरूलाई दाइले छुटाएर नेपाल पठाएका रहेछन्।श्रीमती गीताले लगेर उनको दाँत समेत लगाइदीइन्।

त्यसपछि कृष्ण फेरि ७४ सालमा इण्डियातिर लागे र उनले श्रीमती गीतालाई आफूलाई ब्लड क्यान्सर भएको र महिनाको २० हजार उपचारका लागि लाग्ने जानकारी गराए।उनले त्यो पनि पत्याइन्।उनले बरु आफू भोकै बस्ने तर हजुरको उपचार राम्रोसँग गर्नु भन्दै सम्झाइन्,र उपचार का लागि बरु यहीँ भरतपुर आउनु भन्दै आग्रह समेत गरिन् तर उनले आउन मानेनन्।त्यसपछि उनी एक एक सालमा आउने जाने गर्न थाले।क्यान्सर लागेको भन्ने थाहा पाइसकेपछी उनले सारै पैसाको खोजी पनि गरिनन्।

फेरि पनि उनी ७५ सालमा उतैतिर लागे र उहाँबाट फेरि पनि आफूलाई मुटुको रोग लागेको जानकारी गराए। नभन्दै ७६ सालमा त उनले अर्को श्रीमती लिएर नै आए।करिब ६ वर्षदेखि उनले आफ्नो श्रीनानको कमाइबाट केही पनि गरिनन्।उनको ११ वर्षको छोरा पनि थियो जसलाई उनी सकिनसकी बोर्डिङ स्कुल पढाउने गरेकी थिइन्।उनले सन्धिखर्ककी पुष्पा पाण्डे भन्नेलाई बिहे गरेर एक एक वर्षमा आउने माइतमा छोड्ने गरेका रहेछन्।

त्यसपछि उनी चौकीमा गइन् र उनको श्रीमान सँग आएकी उनकी कान्छी श्रीमती पुष्पा पाण्डे पनि आफूलाई जात ढाँटेर बिहे गरेको र जेठी श्रीमती र यत्रो ठूलो छोरा भएको पनि थाहा नभएको भन्दै उनले पनि छोडेर गइन्।त्यसपछि सबैले गीतालाई माफी दिन र आफूसँग भएको छोराकै लागि भएपनी स्वीकार गर्न सबैले आग्रह गरेपछि उनले मानेकी थिइन्।तर अहिले उनी घर छोडेर सम्परक विहीन भएर बसेका छन्। गीताका अनुसार उनकी सासूले उनलाई लुकाएर राखेकी हुन्।उनी जहाँ भएपनी आइदिन हुन र आफ्नो कुरा राखिदिनको लागि गीताले मिडिया मार्फत आग्रह गरेकी छिन्।भिडियो:-