अर्काको पेट बोकेको भन्दै पे’ट थि’चेर ह’त्या(भिडियो हेर्नुहोस्)

समाचार

महिला हिं’साका घट’नाहरु अहिले व्यापक रुपमा बढेका छन ।कहिले महिलामाथी कु’टपि’ट त कहिले ब’ला’त्कार, कहिले यौ’न हिं’सा त कहिले ब’हु’बिबाह गरि अलपत्र पारेर छोड्ने । यो समस्या अहिले चुनौतीको रुपमा देखा परेको छ । उचित कानुन नहुदा र भएको कानुनको पनि सहि सदुपयोग नहुदा यस्ता घटना घट्ने क्रम बढ्ने गरेको भनाइ सार्वजनिक भएका छन ।

इटहरीको यस्तै घटना अहिले बाहिर आएको छ । सुनसरीको इटहरी -2 बस्ने तुलशा बुढाथोकी अहिले यस्तै समस्यामा छिन । आठ वर्ष अघि उनको मागि बिबाह बिनोद कुमार पाण्डेसगँ भएको थियो । घरपरिवार कै सल्लाह अनुसार भएको उनिहरुको बैबाहिक जीवन सुरुसुरुमा राम्रै सम्बन्धका साथ बितेको थियो । बिबाह भएको 15 दिनमा बिनोद वैदेशिक रोजगारीका लागि बिदेश तिर गए । तुलशा भने इटहरीमा बसेर लोकसेवा पढ्न थालिन ।

श्रीमान बिदेश गएको लगभग दुई वर्षसम्म राम्रो सम्बन्ध भएको तुलशा बताउँछिन । दुई वर्ष पछि बिनोद छुट्टीमा आएर इटहरीमा घर बनाएको तुलशाले बताइन । श्रीमान छुट्टीमा घर आए पछि भने उनीहरुको सम्बन्ध राम्रो भएन । बिनोद सधै रक्सी खाएर कु’टपि’ट गर्ने, बिना कारण विभिन्न आरोप लगाइ अपशब्दले गाली गर्ने गर्न थालेको तुलशाले बताइन । रक्सी खाएर आफुलाइ खु’कुरी लिई मा’र्न पनि आएको उनले बताइन ।

छुट्टी सकिएर बिदेश फर्किए पछि भनी सम्बन्ध झन बि’ग्रेको उनी बताउँछिन । फोनमा, म्यासेजमा विभिन्न अ’प’शब्द बोल्दै गा’ली गर्ने गरेको उनले बताइन । त्यसपछी लगभग सात वर्ष सम्म श्रीमान राम्रोसगँ सम्पर्कमा नआएको उनी बताउँछिन । केही समय अगाडि सम्म आफुले अर्कै बिहे गरेकोले तँ घर छोडेर जा भन्दै गाली गर्ने गरेको उनले बताइन । अर्कै बिहे गरेको भन्दै एउटि महिलासगँ फोटो पनि आफुलाई पठाएको र उक्त महिलाले पनि आफुले बिहे गरेको भन्दै घर छोड्न ध’म्की दिने गरेको तुलशाले बताइन ।

अहिले उनका श्रीमान नेपाल आइसकेको र अरु नै केटि लिएर हिडेको छिमेकिहरुले देखेको भन्ने आफुले सुनेको उनले बताएकी छिन । विभिन्न ध’म्की र अ’पशब्दले गा’ली गरेको हुनाले आफू ड’रले फु’पुको छोराको घरमा बस्दै आएको तुलशाले बताइन । अहिले उक्त घर पनि अरुकै नाममा बनाइसकेको आफुले थाहा पाएको उनले बताएकी छिन । तर उनिसगँ भने गत फागुन महिना देखि सम्पर्कमा नभएको उनी बताउँछिन

बिहे गरे पछि पनि सासुससुरा नभएकोले आफुलाई उस्को घर तिर लगेर खासै चिनजान नगराएकोले आफुले धेरै नचिन्ने उनले बताइन । तर थोरै चिनजान भएका उनका जेठाजु तथा अन्य केही आफन्तले भने आफ्नो अधिकार खोज्नु त्यसको लागि आफुहरु सहयोग गर्ने बताएको उनले सुनाइन । त्यसरी आफ्नो घर जग्गा पनि अरुकै नाममा राखेर भागेर बसेर नहुने भन्दै अगाडि आएर कुरा गर्न उनले आग्रह गरेकी छिन । आफुलाई न्याय दिलाउन सहयोग गर्न तुलशाले सबैलाई आग्रह गरेकी छिन । (भिडियो हेर्नुस)