सन्तोष पन्तलाई कालोनिलो हुने गरि जवाफ दिए र भावुक भएर रो’ए बिकि अग्रवाल(भिडियो हेर्नुहोस्)

समाचार

नेपाली हास्य रियलिटी शो कमेडी च्याम्पियन अहिले फाइनल राउन्डको संघारमा छ।फाइनल राउण्ड नजिकिँदै लाग्दा हिजोमात्र कमेडी च्याम्पियन टप 4 राउण्डमा बिकि अग्रवालको प्रश्तुतीलाई लिएर जज सन्तोष पन्तले होच्याएर कमेन्ट गरेको कारण सन्तोष पन्तलाई दर्शकहरूले गा’ली गरिरहेका छन्।टप 4 सम्म पुगिसकेको प्रतिस्पर्धिलाई नै होच्याएर कमेन्ट गर्नसाथ सनोतोष पन्तलाई बिकि अग्रवाल ले मुख भरीको जवाफ दिएपछि सन्तोष पन्त कालोनिलो नै भएका थिए।

सन्तोष पन्तले बिकि ले गरेको पान्टोमाइमलाई लिएर यो प्रयोग नेपालको कमेडी च्याम्पियनको ढाँचामा नभएको र कसैलाई पनि हसाउन नसकेको साथै उक्त प्रयोग आफ्नै लागि पनि नयाँ प्रयोग भएको उनले जनाएका थिए।त्यस पछि बिकिले भने मैले कमेडी च्याम्पियनमा नयाँ प्रयोग गरेको हुँ।म निस्किए भने पनि मलाई पान्टोमाइम गरेकोमा जिरो प्रतिशत पनि पश्चा ताप छैन भनेर जवाफ दिएका थिए।

शो का अन्य तीन निर्णायकहरू मनोज गजुरेल,रिचा शर्मा र प्रदिप भट्टराईले भने बिकिको खुलेरै तारिफ गरेका थिए।बिकिले फाइनलमा पुग्नका लागि जुन खालको प्रश्तुती दिए त्यो आफैंमा जोखिमपूर्ण थियो।बिकि आफैंले पनि भनेका छन्,मलाई पेन्टोमाइम अभिनय गरेका कारण कुनै पनि पश्चाताप छैन।कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ।

शुक्रबार बेलुकीसम्म म स्ट्याण्ड अप गर्ने कि पान्टोमा इम गर्ने भन्ने दोधारमा थिएँ।यदि यसैका कारण म टप 4 बाट बाहिरिएँ भने पनि मलाई कुनै पनि पश्चा ताप छैन।मलाई बाहिरिँदा पनि केही फरक पर्दैन। बिकिको यो भनाइमा पनि बिकि आफ्नो प्रश्तुती मा पूर्ण रुपमा आत्मविश्वासी देखिन्छन् ।किन कि यहि शो को मजाक गर्ने,अतिथिको मजाक गर्ने,राजनीतिक ब्यङ्ग्य र मदिराको कुरामा नै यो वर्षका च्याम्पियनका प्रतिस्पर्धी हरूको रुमलिएको छ यो भीडमा बिकिले केही फरक गर्ने कोसिस गरेका हुन्।

के हो त बिकिले गरेका पेन्टोमाइम अभिनय ? पेन्टो माइम अभिनयको सुरुवात बेलायतबाट भएको हो। संगीतमय माहोलमा नबोली हसाउनु नै यो अभिनय को विशेषता हो।विशेषगरि बेलायत र आयरल्या न्डमा नयाँ वर्ष र कृषमसमा यो अभिनय प्रश्तुत गरिन्थ्यो। आधुनि क पेन्टोमाइममा गीत,नृत्य, थप्पड आदि प्रयोग गरि न्छन्।पश्चिमी संस्कृतिमा पेन्टोमाइमको एक लामो इति हास छ।विशेषगरी यो शास्त्रीय रंगमञ्चसँग जोडिएको छ।अङ्ग्रेजी पेन्टो माइमको बिकास कमेडियन डेल आट डेबाट पनि प्रभावित छ।(हेर्नुहोसं भिडियो)