हरि उदाशीले प्रतिमाको साथ टुट्यो भन्दै,धरधरी रुँदै पठाए भावुक सन्देश(भिडियो हेर्नुहोस्)

समाचार

आफूलाई सामाजिक अभियन्ता भन्दै युबट्युबमा अन्तरवार्ता दिँदै आएका र चलचित्र कर्मी समेत रहेका हरि उदाशी उर्फ हरि परियार हरि उदाशीलाई बहु बिबाहको जाहेरी परेको छ।उनकी साइली श्रीमती भनिने पञ्च माया(प्रतिमा) तामाङले महानगरीय प्रहरी परिसर काठमाडौँ मा जाहेरी दिएकी हुन्।केही दिन अघि पञ्चमाया र आफ्ना छोराहरू सहित बिहेगरेको १४ वर्ष भैसक्दा पनि नागरिकता,बिबाहदर्ता र छोराहरूलाई जन्मदर्ता समेत नगरिदिएर अलपत्र छोडीदिएको भन्दै मिडियामा आएपछि उनी विवादमा तानिएका थिए।

पञ्चमायाले आफ्नो नागरिकता,जन्मदर्ता र बिबाह दर्ता गरि पाऊँ भनी नागर्जुन नगरपालिका वडा नं.८ को कार्यलय मा समेत निवेदन दर्ता गरेकी थिइन्।तर हरि परियारले उक्त निवेदनलाई बेवास्ता गर्दै २०७८ श्रावण ३१ गते आफ्नो श्रीमती सबिता भट्टराई रहेको भिडियो सार्वजनिक गरेका थिए।उक्त भिडियोमा आफूहरू श्रीमान श्रीमती समेत रहेको स्वीकार गरेका छन्।हरि परियार र सबिता भट्टराईको उक्त भिडियो सामाजिक संजालमा आएपछि पञ्चमायाले महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी हुन्।

जाहेरी दिएको भोलिपल्टै डेरामा गएर हा’तपा’त गरेको पञ्चमायाले बताएकी छिन्।आफूमाथि हातपात भएपछि उनले महिला आयोगमा समेत उजुरी गरेकी थिइन्।निकै दिन मिडियामा जुहारी जस्तै चल्यो,एक अर्कामा आरोप,प्रत्यारोपको त शृङ्खला नै चल्यो, उनीहरूको पारीवारिक विषयले सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरिए,यो विषयमा धेरैले आ-आफ्नो धारणा राखे।शृङ्खलाबद्ध रुपमा चलेको यो घटना अहिले केही मत्थर जस्तो भएको छ।

यद्यपि हरि र प्रतिमा एक अर्कामा सँगै बस्न नसक्ने र हरिले जन्माएका छोराछोरीका लागि अधिकार दिएर छोड्ने अठोटका साथ एउटा भावुक सन्देश समेत अन्तर्वार्तामा दिएका छन्।उनले प्रतिमालाई अरुले उचालेको भरमा ब’ला’त्कार सम्मको आ’रोप लगाउन पुगेकोमा दु’ख समेत ब्यक्त गरेका छन्।आफ्नै श्रीमतीले आफूलाई मिडियाका अगाडि यसरी आरोप लगाएर बदनाम गरेकोप्रती दुख समेत व्यक्त गरे।

उनले यस्तो बेला आफूलाई सबिता भट्टराईले साथ दिएको प्रती उनको खुलेरै प्रशंसा गरे र आगामी दिनको बाटो र उज्ज्वल भविष्यको लागि प्रतिमालाई शुभका मना समेत दिएका छन्।आजबाट पूर्ण रुपमा छुटि यौँ,यसमा कुनै पनि वैरभाव छैन,कुनै पनि दुश्मनी हामीबीच छैन भन्दै उनले व्यक्त गरेका छन्।छोरा छोरीको लागि आफू किड्नी बेचेर भएपनि पालन पोषण गर्ने पनि बताएका छन्।

आफू हरेश खाने मान्छे नभएर एउटा ठूलो उद्धेश्य लिएर हिँड्ने मान्छे भएको पनि उनले बताएका छन्।कसैलाई मन दुखाउन पनि नजाने र यो बिषय मिडियामा आयो,मिडियामै टुङ्गिने बिषय हो।अब साँच्चिकैको लागि आउनुहोस् तपाईंह रूको मान्छे लिएर म पनि मेरो परीवार लिएर आउँछु र यो बिषयलाई यहीँ टुङ्ग्याउँछु भन्दै उनले आग्रह समेत गरे।(भिडियो हेर्नुहोस्)