भरतमणीको प्रस्तुति लगत्तै पारस साहको फोन, के भने त पारसले भरतमणिलाई ? (भिडियो हेर्नुस)

समाचार

कमेडी च्याम्पियन नेपालको चर्चित रियालियी सो हो । अहिले कमेटी च्याम्पियनको दोस्रो सिजन चलिरहेको छ र त्यसमा तहल्का मच्चाइ रहेका छन भरतमणीले । भरतमणी पौडेललाई नचिन्ने सायदै होलान अहिले । उनी कमेडी च्याम्पियनका पर्यायवाची नै बनेका छन यो दोश्रो सिजनमा ।उनका प्रस्तुतिहरु एक पछि अर्को गर्दै भाइरल भै रहेका छन ।

ताप्लेजुङका भरतमणीले गएको एपिसोडमा पारस साहको क्यारिकेचर गरे । उनको प्रस्तुतिले निकै चर्चा पायो । यो क्षेत्रमा आउन उनी कमेडी च्याम्पियन भन्दा अगाडि संघर्ष गरिरेका थिए । उनका केही भिडियोहरु युट्युबमा हिट भएका थिए । तर कमेडी च्याम्पियनको मैदान पाए पछि भने उनको पहिचान रातारात उचाइमा पुग्यो । उनको फिजिकल अडिसन सामान्य थियो, तर त्यसपछिका प्रस्तुतिमा भने उनले तहल्का नै मच्चाएका छन ।

एपिसोड 6 मा उनले पुण्य गौतम र कमेडी च्याम्पियन का पुर्व विजेता हिमेश पन्तको क्यारिकेचरले धुम मच्चायो । त्यसपछी भने उनी दर्शको नजरमा परे । हिमेश पन्तलाई ब्यांग्य गर्दै उनले भनेका थिए कमेडी च्याम्पियनले पुरस्कार नै गलत राखेको यदि कारको सट्टा ट्याक्टर राखेको भए हिमेशले कम्तिमा खेत जोतेर भए पनि जिविका चलाउथे ।´´ यो धेरै नै चर्चा मा पुग्यो । त्यसपछी उनले पुर्व राजा सहित विभिन्न नेताहरु; रामनारायण बिडारी, राजेन्द्र महतो, गोकुल बस्कोटा आदिको क्यारिकेचर गरेका थिए । त्यसमा कन्टेन पनि उत्तिकै थियो । गोकुल बास्कोटाको क्यारिकेचर उनी आफै झुक्किने खालको थियो । हेप्ने, मान्छेलाई डिस हान्ने, औडा अर्ने ?, यस्तै यातै कुरा फर्न हो भने भाइ हामी कोल्याप्स हान्दिन्छौ भन्ने डाइलग टिकटमा भाइरल नै बन्यो ।

त्यसपछिका प्रस्तुतिमा पनि उनले आफ्नो स्तर कहिल्यै तल झर्न दिएनन । अहिले भरतले गरेको पारश शाहको क्यारिकेचरको त जताततै चर्चा छ । यसमा उनले पारशको आवाज मात्र नभएर हाउभाउ पनि दुरुस्तै उतारेका छन । उनले पारशको हुलियामा `रोल्पा बक्सियोस कि मलाइ रुकुम बक्सियोस´ भन्ने गितमा गरेको डान्स स्टेप त टिकटमा यति चल्यो कि अहिले प्राय सबै टिकटक आइडी भएकाहरुको पोस्टमा देख्न सकिन्छ ।

उनको त्यो क्यारिकेचर पुर्वा युवराज पारशले पनि हेरेका छन । त्यो हेरेर पारश नै छक्क परेको श्रोतको भनाइ छ । पारशले भरतमणिलाई फोन गरि धन्यवाद दिएका छन । क्यारिकेचर भरतमणीको कमेडिको प्रमुक पाटो हो । बिभिन्न ब्याक्तिको क्यारिकेचर गर्ने थुप्रै कलाकारहरु छन । त्यसैले पनि यसलाइ सामान्य रुपमा लिइन्छ । तर कमेडिको यो गार्‍हो बिधा हो । एक छिन देखे सुनेको भरमा दुरुस्तै उतार्नु सानो कुरा होइन । यसका लागि कलाकारले खर्चेको समय र मेहनत दर्शकले देख्दैनन ।

भरतमणीले कमेडी च्याम्पियन जिते पनि या नजिते पनि कमेडी क्षेत्रमा भने उनी कमेडिका एकजना निर्णायक प्रदिप भट्टराईले भने जस्तै चाहिने मान्छे हुन । उनको कमेडिमा विविधता भेटिन्छ । भरतमणी भोलिका दिनमा नेपाली रङ्गमन्चमा छाउन सक्ने प्रवल सम्भावना बोकेका कलाकार हुन । भरतमणीले यो सो मा सात पटक साताको उत्कृष्ट प्रस्तुतीको अवार्ड जितेका छन । जुन अहिलेसम्म कसैले जित्न सकेको छैन र अब आउने सो मा पनि मुस्किल छ । पारश साह बन्नका लागि भरतमणीले डेढ वरिपरिको अगाडि नै सोचेका थिए रे । तर उनी त्यसका लागि एउटा राम्रो प्लेटफर्म खोजिरका थिए । जुन उनले कमेडी च्याम्पियन पाए र त्यसको भरपुग उपयोग गर । साथै सफल पनि भए । (भिडियो हेर्नुस)