नेपालगन्जमा एकाबिहानै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

समाचार

नेपालगन्ज। नेपालगन्जमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकाबिहानै एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब साढे ५ बजेको समयमा नेपालगन्जको बिपी चोक नजिकै अल्फाको अगाडी भे १ ख २९८४ नम्बरको मिनि बसले र भे ४ प ८१७९ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो । कुखुरा ल्याउदै गरेको भे ४ प ८१७९ नम्बरको मोटरसाइकल सवार साईगाउँका असगर अलि राइनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का भारतीय नागरिक सलमान राइन घाइते भएका छन् ।दुर्घटनामा घाइते भएकालाई जेभिएन कलेजका बिद्यार्थीहरुले उद्दार गरि नेपालगन्ज मेडिकल कलेजको इमर्जेन्सीमा लगेका थिए। घाइते सलमानको अहिले मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेका प्रहरी निरीक्षक ईश्वरदेब गिरीले जानकारी दिएका छन् ।