मन्त्रीको कार दुर्घटना हुँदा पत्नी र स्वकीय सचिवको मृत्यु, मन्त्री गम्भीर घाइते

समाचार

२८ पुस, एजेन्सी । भारतका केन्द्रीय मन्त्री श्रीपाद नाइक कार दुर्घटनामा परेका छन् । उत्तराखण्डको कर्नाटकमा होसाकाम्बि गाउँ नजिकै नाइकको कार दुर्घटनामा उनकी पत्नी विजया नाइक र उनका स्वकीय सचिवको मृत्यु भएको हो ।

कार दुर्घटनामा मन्त्री नाइक पनि गम्भीर घाइतेको भएको भारतीय मिडियाहरूमा उल्लेख छ ।   

दुर्घटनामा घाइते भएका मन्त्रीलाई थप उपचारका लागि गोवाको हस्पिटलमा भर्ना गरिएको छ । दुर्घटनामा परी मृत्यु हुने मन्त्रीका स्वकीय सचिव दीपक दुबे रहेको पुष्टि भएको छ ।

मन्त्री चढेको टोयोटा इन्नोभा क्रिष्टा कार रूखमा ठोक्किएर सडक बाहिर पुगेको प्रहरीले बताएको छ ।