टुप्पाबाट पलाएका अष्ट्रेलियन नेपालीहरु

समाचार

अस्ट्रेलिया : टुप्पाबाट पलाएका अष्ट्रेलियन नेपालीहरु ::: तपाईले अस्ट्रेलीयाका बाटामा वा कतै नेपालीहरु भेट्नु भयो भने सबै त नभनौ केहीले भने पक्कै मुन्टो बटारेर हिड्छन्।नदेखेको जसरी हिड्छन्।यसो घर बस्दा बस्दा दिक्क लाग्छ, चिनीपो हाल्छन् कि बोलीपो हाल्छन् कि भन्दै नेपालीको पहिचान ढाका टोपी लगाएर हिड्छु।बुवा के छ खबर भनेर बोली पो हाल्छन् कि भन्दै।अहँ टेड पुच्छर लाउँदैनन्।थाहा छ नेपाली हुन।नेपालीको लवाई खवाईबाटै चिन्छु नि नेपाली हुन् भनेर।नेपालीमै बोलेको मेरा कानले सुनेको छ।तर अहँ बोल्दैनन्।म कसरी जाउ, के छ नानी भन्दै।टोल्याएर हेर्छु पर सम्म।