हायसले ठक्कर दिँदा २ विद्यार्थी घाइते

समाचार

बिकास खड्का/ बाके। कोहलपुर हाईस्कुल नजिकैको सुर्खेत-नेपालगन्ज सडकमा हायस कियाले ठक्कर दिँदा २ जना विद्यार्थी घाइते भएका छन।

उल्टो दिशाबाट आएको गाडीले बाटो काट्दै गरेकी त्रिभुवन माध्यमिक बिधालय कोहलपुरको कक्षा १२ मा अध्यनरत गीता रावल र बबिता सिहं ठकुरीलाई नेपालगन्जदेखि दाङतर्फ जाँदै गरेको बा २ ख ५७८ नम्बरको हायस कियाले ठक्कर दिएको हो।

विद्यार्थीलाई हायसले ठक्कर दिने बित्तिकै अन्य विद्यार्थीहरु आक्रोशित भई सो गाडीमाथि तोडफोड समेत गरेका छन।

घाइते बिद्यार्थीको अहिले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ भने ठक्कर दिने चालक र हायसलाई अहिले इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।