पदिय झगडाले देखिएको कालो बादल बैशाखमा फाटछ् : मुख्यमन्त्रि पोख्रेल

समाचार

मुरली गोडिया,
बर्दिया, पौष २८ गते
लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शंकर पोख्रेलले राष्ट्रिय राजनितीमा देखिएको कालो बादल बैशाखमा फाट्ने बताउने भएको छ । राष्ट्रिय राजनितीमा नेतृत्व कर्ता बीच पदिय झगडाका कारण देखिएको कालो बादल आउने बैशाखको निर्वाचनका माध्ययबाट फाटने र मुलुक समृद्धिको दिशामा जाने मुख्यमन्त्रि पोख्रलले बताएका हुन । मंगलबार बर्दियाका गुलरिया नगरपालिकामा शिवगंगा आँखा उपचार केन्द्रको भवनको उद्घाटन समारोहमा बोल्दै मुख्य मन्त्रि पोख्रलले यस्तो बताएका हुन । संसद चल्न नदिने, सरकारमा घेराबन्दिको स्थीती हुने लगायतका समास्याबाट निस्कन प्रधानमन्त्रिले जनताको बीचमा जाने फैसला गर्नु भएको मुख्यमन्त्रि पोख्रले जानकारी दिए ।
मुख्यमन्त्रि पोख्रेलले सधै भरिको बादविवाद बाट समृद्धि हासिल गर्न असम्भव रहेको समेत बताएका छन । जनता अधिकारी सम्पन्न भएकाले नेपालमा सधै भरि राजनैतिक वादविवादले जनतालाई प्रदान गर्न चाहेको समृद्धि दिन नसकिने बताएका हुन । मुलकलाई कसरी समृद्ध बनाउने, जनतालाई कसरी सुखी बनाउने भन्ने विषय आजको मुल राजनिती भएको उनको भनाई थियो । निर्वाचनका बेला एउटाका अनुहार देखाएर भोट माग्ने र जिति सकेपछि प्रधानमन्त्रि बन्न अरुले खोज्ने कुराको अन्त्य भएपछि नै नेपालको राजनिती सहि बाटोमा जाने उनले विश्वास व्यक्त गरे ।