बिहीबार आइपिएलको अक्सन, सन्दीप कुन टिममा आबद्ध होलान्?

खेलकुद

आइपिएल २०२१ का लागि बिहीबार चेन्नईमा मिनि अक्सन हुँदैछ। अक्सनका लागि २९२ खेलाडी सूचीमा छन्। युवा लेगस्पिनर सन्दीप लामिछाने सूचीमा पर्ने नेपालका एक मात्र खेलाडी हुन्। पछिल्लो तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा आबद्ध थिए। दुई सिजनमा मौका पाएका सन्दीपले सिजन २०२० मा मौका पाउन सकेनन्। सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए। गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेनन्।