खुरापति मार्फत फेरि सानो पर्दामा पौडेल,हेर्नुहोस् भिडियो सहित

मनोरंजन

जिरे खोर्सानी , ब्रेक फेल लगायत चर्चित टेलिसिरियल निर्माण गरेका शिवहरि पौडेल खुरापाति नामक हास्य टेलिसिरियलबाट फेरि पनि सानो पर्दामा देखिने भएका छन् । इमेज च्यानलबाट हरेक बुधबार राति ८ : ३० बजे आउने सिरियल युटयुब च्यानल मुखमा हान्नु जस्तो छ मा पनि त्यही दिन ८:४५ बजे आउने गरेको सो टिमका सदस्य उत्सव पौडेलले बताए । सिरियलको अन्य कलाकारमा मनोज आचार्य (खुराफती हाकिम) ,राजाराम पौडेल , निरज नेपाल , शिवहरि आचार्य कमला रेग्मी ,देबिराम पराजुली ( भोक लाग्यो ) , मनिशा श्रेष्ठ , पवन खतिवडा , बिनोद के सि , होमनाथ तिमल्सिना ,अशिम पौडेल , हेमा दाहाल , राजन सिम्खडा , भिमसेन अधिकारी, स्वस्किता लामिछाने, उत्सव पौडेल लगायतको रहेका छन् । सिरियलको निर्देशन शिवहरि पौडेलले गरेका छन् भने पार्श्व गायकका रुपमा भने चर्चित हास्यकलाकार केदार घिमिरेको रहेको छ । पुरानो आफना हास्यरसका कार्यक्रम जस्तै सफल हुने आशा पनि निर्देशक पौडेलले राखेका छन् । कोरोनाका कारण आफूले निर्माण गरेको चलचित्र लक्का जवान प्रदर्शन गर्नका ढिला भएको कारणले पनि यस सिरियललाई दर्शकहरुमाझ ल्याएको निर्देशक निर्देशक पौडेलले बताए ।