विराटनगरमा प्रथम राजा विराट कप क्रिकेट हुने, प्रथम हुनेले ७१ हजार नगद पाउने ।

खेलकुद

विराटनगरको झटिहाटी युवा क्लबको आयोजनामा प्रथम राजा विराट कप (प्रथम) नकआउट क्रिकेट टुर्नामेन्ट हुने भएको छ । प्रतियोगिताको खेलहरु आगामी फागुन १९ गतेबाट झटियाटी खेलमैदानमा हुने पूर्व राष्ट्रिय खेलाडी समेत रहेका क्लब सदस्य विधान गोस्वामीले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद रु ७१ हजार तथा मेडल साथमा प्रमाण पत्र हात पार्ने तथा उप–विजेताले नगद रु ३१ हजार तथा मेडल साथमा प्रमाण पत्र हात पार्नै छन् । झटियाटीको आयोजनामा हुने प्रतियोगितामा विराटनगर महानगरपालिकाको समेत सहयोग रहको गोस्वामी बताएका छन् ।