राजेश पौडेलको “लक्ष्य” सार्वजनिक भिडियो सहित

मनोरंजन


पोखरा | गायक राजेश पौडेलको पप गीति संग्रह “लक्ष्य” सार्वजनिक भएको छ । गितलाई केहिदिन अगाडी मात्रै गायक पौडेलकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायक स्वयं कै शब्द तथा संगीत रहेको गीतलाई बिनोद रसाईलिले एरेन्ज गरेका हुन भने गितारमा सन्डीले साथ दिएका छन ।

त्यस्तै गायक पौडेलद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा प्रिन्स गिरीको अभिनय छ देख्न सकिन्छ भने भिडियोको छायाँकन तथा सम्पादन तेज बहादुर छेत्रीले गरेका छन ।

गीतमा धूम्रपान, मद्यपाान अत्यधिक प्रयोग गरिएको देखाईए पनि “लक्ष्य” म्युजिक भिडियो कुनै पनि प्रकारको धूम्रपान, मद्यपाान तथा आत्महत्या जस्ता क्रियाकलापहरुलाई हौसाउने उदेश्यले नबनाईएको निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियो को लागी यहाँ CLICK गर्नुहोस