जिरुडको शानदार गोलमा चेल्सीले एट्लेटिकोलाई हरायो

खेलकुद

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ । गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् । उनको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर रिभ्यु मार्फत गोलले मान्यता पाएको हो । कोरोनाको कारण एट्लेटिकोले घरेलु मैदानको खेल रोमानियामा खेलेको हो । दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।