यी समस्या भएका ब्यक्तिले भुलेर पनि नखानुस् काउली

समाचार

अधिकांश नेपालीहरूले अाफ्नाे स्वास्थकाे ख्याल राख्दैनन् । नेपालीकाे बानी भान्सामा सबैभन्दा बढी पाक्ने तरकारी भनेकाेजे सिजन छ त्यहि मात्र लगातार खाने गर्छन् , किन कि जे सस्ताे छ त्यहि पाक्छ तरकाली धेरैकाे भान्सामा काउली नै बनेको हुन्छ ।काउली स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । काउलीमा प्रशस्त मात्रामा फाइबर,

भिटामिन, क्याल्सियम, आइरन,म्याग्नेसियम,एन्टिअक्सिडेन्ट, मिलरल्स र पोटासियम जस्ता खनिजहरू पाइन्छ ।यी खनिज पदार्थहरूका साथै काउलीमा पाइने विभिन्न खाले औषधीय गुणका कारण यसको नियमित सेवनले मानव.स्वास्थ्यका लागि धेरै फाइदा पुग्ने विज्ञहरूले बताउँदै आएका छन् । तर, केही रोग लागेका व्यक्तिहरूले भने काउलीको सेवन गर्नु हुँदैन ।

यसमा गाइट्रोगन नामक तत्त्व पाइन्छ जसले थाइराइड ग्ल्याण्डको काममा बाधा उत्पन्न गराउने हुँदा चिकित्सकरूले

हाइपो थाइराइडबाट पीडित व्यक्तिहरूलाई काउली खान नहुने बताउँछन् ।

थाइराइडका बिमारीले काउलीको सेवन गर्नु हुँदैन । हाइपो थाइराइड तथा हाइपर थाइराइड गरी थाइराइड दुई प्रकारका हुन्छन् ।

हाइपो थाइराइडमा थाइराइड ग्रन्थी एक्टिभ हुन सक्दैन र त्यसले गर्दा शरीरमा हार्मोनको उत्पादनमा कमी आउँछ ।

त्यस्तै, ग्याष्ट्रिकबाट पीडित व्यक्तिहरूले पनि काउलीको सेवन नगर्दा नै ठीक हुन्छ ।काउलीमा पाइने पोषक तत्त्वहरूले

पेटमा ग्यास पैदा गरेर पाचन प्रणालीमा समस्या पैदा गरिदिन सक्छ । त्यस्तै, शिशुलाई दूध खुवाइरहेका आमाहरूले पनि

काउली सेवन गर्नुहुँदैन । यदि सेवन गर्नुभयाे भने यसले ग्याष्ट्रिकको समस्या निम्त्याउन सक्छ ।

यसबाहेक अर्थराइटीसको समस्या भएका व्यक्तिहरूले काउलीको सेवन गर्दा पेटमा अत्यधिक ग्यास बढाउने हुँदा

हड्डीहरूमा पीडा हुन थाल्छ । ब्लड क्लटिङको समस्या भएका व्यक्तिहरूले पनि काउलीको सेवन गर्नु हुँदैन ।

काउलीमा भिटामिन के अत्यधिक मात्रामा पाइन्छ र भिटामिन केले शरीरको ब्लड कटिङमा सहयोग पुयाउँछ ।

त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका व्यक्तिहरूले पनि काउलीको सेवन गर्नु हुँदैन ।