महाशय अब त सुध्रनुस्

मनोरंजन


ओहा महाशय !!
तपाईंलाई चासो त्यसैको छ ।
अब सरकार कसरी चल्छ ?
प्रधानमन्त्री को बन्छ ?
प्रधानमन्त्री कसरी हटाउने ।
त्यहाँ मेरो मान्छे
यहाँ तपाईंको मान्छे !
अनि तपाईं फेरि पनि भन्नु हुन्छ ।
यो सब कसका लागि महाशय !
आखिर फेरि भन्दै हुनुहुन्छ
जित जनताकै भयो भनेर ।।

दस दस वर्षको जनयुद्धले
थलिएका पीडा हेर्नु भाछ ।
भइगो त्यति टाढाको कुरा नगरौं ।
अस्ति भर्खर कोभिडले
थालिएको जनजीवन अस्तव्यस्त ।
बेरोजारीका संख्या प्रतिदिन बढ्कै छ ।
हिजो मात्रै पल्ला घरका दाई
रोजगारीमा विदेशका लागि निस्किँदा ।
तपाईको बन्दले
विचारको प्लेन नै छुट्यो ।

महाशय तपाईं फेरि पनि भन्दै हुनुहुन्छ
आखिर जित जनताकै भयो ।
तपाईंका थाहा छ ।
तपाईंले गरेको त्यो जुलुसको फोहोर सडकबाट कसले टिप्यो ?
तपाईंको जुलुसले फाइदा वा घाटा कसलाई भयो ?
तपाईंको बन्दमा बाइक कस्का फोरिए,
ट्याक्सी कसको जलाइयो,
कसलाई कहा कहाँ पुग्नु थियो,
रोजीरोटी कसको खोसियो,
उखु किसानले न्याय पाए त ?
बलात्कारपछि हत्या गरियाएक पीडितले न्याय पाए त ?
अन्यायमा परेकाले उचित न्याय पाए ?

तपाईंलाई थाहै छैन महाशय,
तपाईं फेरि पनि भन्दै हुनुहुन्छ
जित आखिर जनताकै भयो।
महाशय बिन्ती छ अब त सुद्रिनुस्
हिजो पञ्चायत कसले फालियो ।
राजतन्त्र कसले हटायो
लोकतान्त्रिक, गणतन्त्र कसले ल्यायो ।
बिन्ती छ ।
बन्द हड्ताल बन्द गर्नुस,
तपाईंको पछि पछि लाग्नेसँग होइन ।
कर्णालीका जनतासँग अन्तरक्रिया गर्नु
तपाईंलाई घरमा बोलाई मिष्ठान्न भोजन गराउनेसँग होइन ।
विचार सुकुम्बासीलाई
एक छाक सँगै खाना खुवाई दिनुस्
रोजगारको सिर्जना गर्दिनुस,
शिक्षा स्वास्थ्य निःशुल्क गर्नुस,
कृषकलाई उचित मूल्य दिनुस,
बलात्कारी हत्यारा्लाई दाण्डित गर्नुस्

अनि,
अनि तपाईं आफैले भन्नै पार्दैन जित कस्को भयो ।
हामी आफै भन्ने छौं
महाशय, जित आखिर जनताको भयो भनेर ।
महाशय अब त सुध्रिनुस्
जय नेपाल