पथरीको संजीब केस रहस्यमय बन्दै, हेर्नुहोस भीडियो ।

राष्ट्रिय समाचार

यती खेर मोरंगको दुई सहर निकै चर्चामा रहेका छन् । मोरंगका उर्लाबारी र पथरीको नाम नसुन्ने सायद नि एति खेर कोही नेपाली होलान र । दुबै सहर चर्चामा आऊनुको मुख्य कारण भनेको दुई फरक ब्यक्तिको मृत्युको कारण हो । उर्लाबारीका प्रबिन बास्तोला र पथरीका संजीब भण्डारी दुबैको मृत्यु भएको दुई महीना बितीसक्दा पनी प्रहरीले आफनो छोराको हत्यारा पत्ता लगाऊँन कुनै पनी कदम नचालेको र राजनीतिक चलखेलको भरमा हत्यारा लुकाउने प्रयास भएको भन्दै दुबै परिवार आन्दोलनमा रहेका छन् । उर्लाबारीको घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले ६ जना बिरुद मुद्दा चलाएपनी आफनो छोराको हत्यारालाई प्रहरीलाई किटानी जाहिरी दिदा नि कुनै कारबाहीको प्रक्रिया अगाडी नबढाएकोले हामी आन्दोलनमा गएको मृतक संजीबको आमाले बताएकी छिन । आफनो छोरालाई आफनो ज्यान दिएर भए पनी न्याय दिलाएर छोडने पनी उनले बताईन