चाैथाे टी-२० मा अस्ट्रेलिया विजयी, अन्तिम खेल निर्णायक हुने

खेलकुद

अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चाैथाे टी-२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनकाे जित हात पारेकाे छ । यस जितपछि अस्ट्रेलियाले पाँच खेलकाे सिरिजमा २-२ काे बराबरी गरेकाे छ । अब सिरिजकाे पाँचाै खेल निर्णायक हुने भएकाे छ । विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएकाे न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो ।न्युजिल्याण्डका लागि केली जेमिसनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफार्टले १९ र डेभोन कोनवेले १७ रन बनाए । न्युजिल्याण्डलाई अलआउट गर्न अस्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए । यस्तै अस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित रहदै ७९ रन बनाए । यस्तै मार्कुस स्टोनिसले १९, ग्लेन म्याक्स्वेलले १७,म्याथ्यु वेडले १४ र जोस फिलिपले १३ रन जोडे ।
न्युजिल्याण्डका इश सोधीले ३ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए ।