अश्मित पोखरेलको निर्देशनमा ‘तिम्रो सरीर’ सार्वजनिक (भिडियो सहित )

मनोरंजन

काठमाडौं । गायक रोशन राईको आवाज उमेश खनाल र दिक्षा पोखरेलको अभियनयमा ‘तिम्रो सरीर’ बोलको गीत सार्वजनिक भएको छ। गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। बिबिसी फिल्म्सको निर्माणमा बनेको ‘तिम्रो सरीर’ म्यूजिक भिडियो एन्जिला फिल्म्सको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको हो ।

गीतमा सावित्रा राईको शब्द रोशन राईको संगीत रहेको छ। उक्त गीतमा रोशनकै स्वर रहेको छ। गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् । किङ्ग स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई राजु कार्कीले मिक्स तथा मास्टरिङ्ग गरेका हुन् । अश्मित पोखरेलको निर्देशन रहेको उक्त भिडियोमा दुर्गा श्रेष्ठले छायांकन गरेका छन । भिडियोलाई मिन रावलले सम्पादन तथा कलर गरेका हुन् ।
पूरा भिडियो हेर्नुहोस