यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवारको मृत्यु भएको छ ।

समाचार

पुस २९,सल्यान
सल्यानमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवारको मृत्यु भएको छ । सल्यान जिल्लाको शारदा नगरपालिका ६ बरला बजार नजिकै मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार शारदा नगरपालिका ६ बरलाका ३० वर्षीय विरेन्द्र भण्डारीको निधन भएको हो ।

ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरला जाँदै गरेको रा ३ प ८७६७ न मोटरसाइललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले जानकारी दिए । दुर्घटनामा घाइते भण्डारीको जिल्ला अस्पताल सल्यान खलंगामा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख थापा क्षेत्री भनाई छ । ठक्कर दिने बस नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।