सचिन परियार र विजयले ल्याय ‘मुसु मुसु नहाँस’

मनोरंजन

काठमाडौं । विजय पुन र सचिन परियारको अभियनयमा ‘मुसु मुसु नहाँस’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियाे कमल सुशान्त युट्युब च्यानल मार्फत् गरिएको हो ।

कमल सुशान्त केसी र सुनिता बुढा छेत्रीको आवाज रहेको सो गीतमा सविता कार्कीको शब्द कमल सुशान्त केसीको संगीत रहेको छ । उक्त गीतमा संगीत संयोजन सुदिप सागरले गरेका हुन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ्ग गरेका हुन् ।

समिर थोकरको निर्देशन तथा कोरीयोग्राफर रहेको उक्त भिडियोमा सविता कार्की, विजय पुन, पुण्य गौतम र तेजेन्द्र परियारलेन अभियनय गतेअका छन । त्यस्तै, बाल कलाकारमा सचिन परियार र रुलोशनाले अभिनय गरेका छन । सुशील डाँगीले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन र मिलन विश्वकर्माले कलर गरेका हुन् ।
भिडियो हेर्नुहोस |