ओलीको चटारो : एकैदिन स्थायी कमिटी पुनर्गठनदेखि कारवाही र उम्मेदवार तयसम्म

समाचार

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल पक्षलाई बाइपास गर्दै शुक्रबार एकलौटीरुपमा स्थायी कमिटी पुनर्गठन गरेका छन् । शुक्रबार बालुवाटारमा ओलीको अध्यक्षमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेको हो ।
१८ सदस्यीय स्थायी कमिटीमा खनाल–नेपाल पक्षका नेताहरुलाई समेटिएको छैन । यद्यपि, वामदेव गौतमलाई भने स्थायी कमिटी सदस्यमा मनोनित गरिएको छ । पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल छन् ।